मेयर अफिसबाट प्रदान गरिएको त्रुटिपुर्ण प्रोक्लामेसन, नेपाल डे परेड २०२६ आयोजकद्वारा अस्विकार

न्यूयोर्क (अमेरिका)— संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरमा ११औँ ‘नेपाल डे परेड २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । (Celebrating Nepali Heritage Together) भन्ने मूल नाराका साथ आयोजित यस परेडमा स्थानीय नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

परेड समापन पश्चात आयोजक समितिका अध्यक्ष दण्डपानी लामिछाने र संयोजक ए.पी. लामा शेर्पाद्वारा जारी आधिकारिक प्रेस विज्ञप्ति अनुसार, कार्यक्रमका क्रममा सिर्जित एक विवाद र सामाजिक सञ्जालमा फैलिएका भ्रमहरूबारे आयोजकको ध्यानाकर्षण भएको जनाइएको छ ।

आयोजक समुहद्वारा जारि गरिएको प्रेस बिग्यप्ति यस प्रकार छ ।

विज्ञप्तिमा उल्लेखित मुख्य बुँदाहरू:

ऐतिहासिक निरन्तरता: न्यूयोर्क सहरका पूर्व मेयर बिल डी. ब्लाजियोले सन् २०१६ मा हरेक वर्षको मे महिनाको तेस्रो आइतबारलाई ‘नेपाल डे परेड’ को रूपमा आधिकारिक मान्यता दिएका थिए । सोही ऐतिहासिक जगमा यो परेड नियमित सञ्चालन हुँदै आएको छ ।

घोषणापत्र अस्वीकार र फिर्ता: परेडका क्रममा न्यूयोर्क मेयरको कार्यालयका प्रतिनिधिले त्रुटिपूर्ण प्रोक्लामेसन प्रदान गरेको आयोजकले जनाएका छन् । उक्त दस्तावेज त्रुटिपूर्ण पाइएपछि आयोजक समितिले त्यसलाई अस्वीकार गर्दै पुनर्विचार र परिमार्जनका लागि मेयरको कार्यालयमा फिर्ता पठाएको छ ।

भ्रामक समाचारको खण्डन: सामाजिक सञ्जालमा न्यूयोर्कका मेयरले मे १७, २०२६ लाई ‘नेपाल हेरिटेज डे’ घोषणा गरेको भनी फैलाइएका हल्लाहरू तथ्यहीन रहेको स्पष्ट पारिएको छ । आयोजकले सो त्रुटिपूर्ण प्रोक्लामेसनलाई आधार बनाएर समाचार सम्प्रेषण नगरिदिन आम सञ्चार माध्यम र जनसमुदायलाई आग्रह गरेको छ ।

यस वर्षको परेड आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) र गैरआवासीय नेपाली संघ (NRNA) न्यूयोर्क च्याप्टरको संयुक्त आयोजना तथा अमेरिकास्थित विभिन्न नेपाली संघसंस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *