सूचना: संयुक्त दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, नेपालमा हालै आएको विनाशकारी प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। यस प्राकृतिक महाविपत्तिमा परी ज्यान गुमाउनुहुने दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका लागि न्यूयोर्कस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरू तथा नेपाली समुदायको संयुक्त…

Read More

नेपालको हिमाली क्षेत्रमा हिमपहिरो र हिमनदी भत्किँदा निम्तिएको विनाशकारी बाढीबाट हालसम्म ३५० भन्दा बढीको मृत्यु भएको छ भने करिब १,४०० व्यक्ति बेपत्ता भएका छन्।

नेपालको उत्तर-पूर्वी हिमाली क्षेत्र तथा नेपाल-चीन (तिब्बत) सीमा क्षेत्रमा प्रकृतिले यस्तो भयानक रूप देखाएको छ, जसको परिकल्पना यस क्षेत्रका बासिन्दाले कहिल्यै गरेका थिएनन्। गत बुधवार बिहान करिब ९:०० बजे भोटेकोशी र त्रिशूली नदीको बहाव एक्कासि यसरी उर्लियो कि यसले आफ्नो बाटोमा पर्ने सम्पूर्ण मानव बस्ती, भौतिक पूर्वाधार, र प्राकृतिक संरचनालाई क्षणभरमै नामोनिसान मेटाइदियो। शुरुआती क्षणहरूमा…

Read More

रोमन अधिकारीको नयाँ कथा सङ्ग्रह ‘अमेरिका सपना’ अगस्ट १ मा विमोचन हुने

साहित्यकार रोमन अधिकारीको बहुप्रतीक्षित नयाँ कथा सङ्ग्रह “अमेरिका सपना” आगामी अगस्ट १, २०२६ मा विमोचन हुने भएको छ। नेपालको प्रतिष्ठित प्रकाशन गृह भूँडीपुराण प्रकाशन, काठमाडौँ द्वारा बजारमा ल्याउन लागिएको यस कृतिको विमोचन समारोह न्यूयोर्कको वुडसाइडस्थित ‘काठमाडौँ फ्युजन किचन’ (39-26 61st Street, Woodside NY 11377) मा भव्य रूपमा आयोजना गरिँदै छ। पुस्तक विमोचनको यसै अन्तिम तयारीका…

Read More

नेवा गुठी न्यूयोर्कको स्पष्टिकरण: सांस्कृतिक सम्पदा फिर्ता अभियान सामूहिक प्रयासको परिणाम, भ्रामक समाचार नप्रसारण गर्न आग्रह

नेवा गुठी न्यूयोर्कले १३औँ शताब्दीको पद्यपाणि र १६औँ शताब्दीको नृत्यदेवी मूर्ति नेपाल फिर्ता ल्याउने अभियानबारे प्रकाशित भ्रामक समाचारको खण्डन गर्दै यो सामूहिक प्रयासको परिणाम भएको जनाएको छ। नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण र स्वदेश फिर्ता अभियानमा सक्रिय संस्था नेवा गुठी न्यूयोर्कले हाल विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित केही समाचारप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक…

Read More

न्यूयोर्कमा पहिलो ‘एनआरएनए कप इन्टरस्टेट खुला भलिबल प्रतियोगिता’ आयोजना हुने |

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी–अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा पहिलो पटक ‘फर्स्ट एनआरएनए कप इन्टरस्टेट खुला भलिबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी सेप्टेम्बर ५ र ६, २०२६ (शनिबार र आइतबार) न्यूयोर्कस्थित क्विन्सब्रिज पार्क मा सञ्चालन हुने आयोजकले जनाएको छ। नेपाली समुदायबीच खेलकुदमार्फत एकता, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न…

Read More

सोमनाथ घिमिरेको समर्थनमा भव्य कार क्याराभान र्‍याली सम्पन्न, AD-30 मा चुनावी माहोल थप तातियो

न्यूयोर्कको असेंब्ली डिस्ट्रिक्ट ३० (AD-30) का डेमोक्रेट उम्मेदवार सोमनाथ घिमिरेको समर्थनमा आयोजित भव्य कार क्याराभान र्‍याली सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। आगामी जुन २३ मा हुने प्राथमिक निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त र्‍यालीमा दर्जनौं सवारी साधन सहभागी भएका थिए। सहभागी सवारी साधनहरूमा उम्मेदवारका ब्यानर, पोस्टर तथा विभिन्न प्रचार–प्रसार सामग्री सजाइएका थिए भने र्‍यालीमार्फत मतदातामाझ चुनावी…

Read More

Huge Car Caravan Rally Held in Support of Somnath Ghimire, Boosting Momentum in AD-30 Race.

A huge car caravan rally in support of Democratic Assembly District 30 candidate Somnath Ghimire was successfully held on Monday in Queens, New York. Organized ahead of the June 23 Democratic primary election day, the event featured dozens of vehicles decorated with campaign banners, posters, and promotional materials. The rally aimed to deliver the campaign’s…

Read More

काँडाबीच फुलेको फूल : हजुरी शाहको संघर्ष, साहस र सफलताको स्वर्णिम यात्रा..

जीवन सधैँ फूलैफूलले सजिएको बाटो हुँदैन। कहिले जीवनले फूल दिन्छ, कहिले काँडा। तर काँडाले सधैँ घोचिरहँदैन; कहिलेकाहीँ त्यही काँडाको बीचबाट सबैभन्दा सुन्दर फूल फुल्छ। हजुरी शाहको जीवन त्यस्तै एउटा फूलको कथा हो—संघर्षले सिंचेको, आँसुले हुर्काएको र आत्मविश्वासले फुलाएको एउटा जीवनगाथा। स्वर्गीय बडाहाकिम नन्दबहादुर शाह र माता भवानी शाहकी सुपुत्री हजुरी शाहको जन्म वि.सं. २०२१ सालमा…

Read More

हजुरी शाहको स्वर्णिम ५० वर्षे जीवनयात्रा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

जुन १४ | GNN TV & News न्यूयोर्कस्थित ज्याक्सन मार्केटमा आयोजित समाजसेवी, खेलाडी तथा गायिका हजुरी शाहको जीवनयात्रामा आधारित विशेष सम्मान तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। खेलकुद, संगीत तथा सामाजिक सेवामा पाँच दशकभन्दा लामो योगदान पुर्‍याएकी हजुरी शाहको संघर्ष, समर्पण र सफलताको यात्रालाई सम्मान गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको…

Read More

Somnath Ghimire Visits New Life Senior Care Center, Highlights Senior Wellness and Mental Health Awareness

New York — New Life Senior Care Center welcomed New York State Assembly District 30 candidate Somnath Ghimire for a special community visit focused on promoting senior wellness, healthy aging, and mental health awareness. The event brought together seniors, caregivers, and community members in an engaging and supportive environment dedicated to improving the quality of…

Read More