इरान र अमेरिका बीचको तनाव फेरि चर्किएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै पक्षबीच सैन्य भिडन्त भएको छ।
इरानले अमेरिकाले युद्धविराम उल्लंघन गर्दै जहाज तथा केही तटीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकी पक्षले भने आफ्ना नौसैनिक जहाजमाथि भएको आक्रमणपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको जनाएको छ।
यसबीच अमेरिकि रास्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै औपचारिक रूपमा कायम रहेको बताएका छन्। दुवै पक्षबीच कूटनीतिक वार्ता जारी रहेको समेत जनाइएको छ।
तनावका कारण अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ भने विश्व ऊर्जा आपूर्तिमाथि नयाँ चिन्ता थपिएको विश्लेषण गरिएको छ।
इरान र अमेरिकाबीचको युद्धविराम भंग हुने जोखिमसँगै सैन्य तनाव बढेको छ। राष्ट्रपति ट्रम्पले नयाँ सम्झौताका लागि दबाब दिइरहँदा होर्मुज क्षेत्रमा झडपहरू भएका छन्। अब सबैको ध्यान इस्लामावादमा हुने वार्तामा छ, जहाँ सहमति नभए अमेरिकाले थप सैन्य कारबाही गर्ने चेतावनी दिएको छ।
GNN समाचार कक्ष

Somnath Ghimire #1 in ballot now for NYC AD 30 assemblyman
With the primary election just around the corner on June 23, it is time for our community to come together and secure a stronger future for District 30. Now officially #1 on the ballot, Somnath Ghimire stands ready to be the dedicated voice Queens deserves in the New York State Assembly. We call upon our community leaders, dedicated voters, and neighbors to mobilize and offer your full support to a candidate who truly understands our values and our vision. Every conversation, every donation, and every vote counts—let’s show our collective strength and ensure Somnath is our representative in Albany.