नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै, केही पदमा निर्विरोध चयन; सहमतिमार्फत नेतृत्व चयनको प्रयास अन्तिमसम्म जारी
न्यूयोर्क। अमेरिकामा रहेका धादिङवासी नेपालीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (Dhading Nepali Society America – DNSA) को चौथो महाधिवेशन आगामी जुन १४, २०२६ (आइतबार) न्यूयोर्कको एल्महर्स्टस्थित ह्वाइट हलमा आयोजना हुने भएको छ। महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यकालको कार्यदिशा तय गर्नेछ।
सन् २०१७ मा स्थापना भएको DNSA अमेरिकामा रहेका धादिङवासी तथा नेपाली समुदायबीच सामाजिक एकता, सांस्कृतिक संरक्षण, आपसी सहयोग तथा सामुदायिक सहभागिता अभिवृद्धि गर्न सक्रिय रूपमा कार्यरत संस्था हो। नेपाली समुदायका जिल्लागत संस्थाहरूमध्ये DNSA लाई निरन्तर सक्रिय, चलायमान र प्रभावकारी संस्थाका रूपमा लिइन्छ।
महाधिवेशनको उद्घाटन समारोहमा न्यूयोर्क स्टेट सिनेटर जेसिका रामोस लाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ। त्यसैगरी न्यूयोर्क स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३० का डेमोक्रेटिक उम्मेदवार सोमनाथ घिमिरे लाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार अध्यक्ष पदमा हिमाल ब. अधिकारी (सागर) र राज के. गुरुङ बीच प्रतिस्पर्धा हुने देखिएको छ। अन्य विभिन्न पदहरूमा पनि उम्मेदवारी परेको छ भने केही पदहरूमा निर्विरोध चयनको अवस्था बनेको छ।
केही पदमा निर्विरोध चयन
प्रारम्भिक उम्मेदवार सूचीअनुसार महासचिव पदमा हरि गिरी, कोषाध्यक्ष पदमा एलन तामाङ तथा सह-कोषाध्यक्ष पदमा रामचन्द्र उप्रेती निर्विरोध चयन हुने अवस्थामा पुगेका छन्। अन्तिम उम्मेदवार सूची सार्वजनिक भएपछि यसबारे औपचारिक घोषणा गरिने जनाइएको छ।
सहमतिमार्फत नेतृत्व चयनको प्रयास जारी
निर्वाचनको सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढिरहेको भए पनि संस्थाभित्र सकेसम्म सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको बताइएको छ। अध्यक्षसहित केही पदहरूमा सहमति कायम गर्न उम्मेदवारहरू, अग्रज सदस्यहरू तथा सरोकारवालाहरूबीच निरन्तर संवाद भइरहेको जनाइएको छ।
धादिङ नेपाली समाज अमेरिका (DNSA) का वर्तमान अध्यक्ष टकबहादुर रुवाली का अनुसार निर्वाचनको सम्पूर्ण तयारी निर्धारित कार्यतालिका अनुसार अघि बढिरहेको छ। उहाँले संस्थाको एकता, सहकार्य र सामूहिक भावनालाई प्राथमिकता दिँदै सकेसम्म सहमतिमार्फत नेतृत्व चयन गर्न सकियोस् भन्ने उद्देश्यले अन्तिम समयसम्म प्रयास जारी रहने बताउनुभयो। रुवालीले भन्नुभयो, “निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। तर संस्थाको हित, एकता र भविष्यलाई ध्यानमा राख्दै सकेसम्म सहमतिमार्फत नेतृत्व चयन होस् भन्ने हाम्रो चाहना हो। त्यसका लागि अन्तिम समयसम्म संवाद र प्रयास जारी रहनेछ।” उहाँका अनुसार सहमति जुट्न नसकेमा पूर्वनिर्धारित कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।
समुदायमा विशिष्ट पहिचान बनाएको संस्था
धादिङ नेपाली समाज अमेरिका जिल्लागत संस्थाका रूपमा स्थापना भए पनि यसको गतिविधि धादिङवासीमा मात्र सीमित छैन। संस्थाले विभिन्न सामाजिक अभियान, स्वास्थ्य सचेतना, विपद् सहयोग, सांस्कृतिक कार्यक्रम तथा सामुदायिक सेवामार्फत समग्र नेपाली समुदायलाई समेट्दै आएको छ।
न्यूयोर्कसहित अमेरिका भरिका विभिन्न राज्यहरूमा बसोबास गर्ने धादिङवासी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको यस चौथो महाधिवेशनलाई संस्थाको नेतृत्व परिवर्तनसँगै भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
कार्यक्रम विवरण
कार्यक्रम: चौथो महाधिवेशन (4th General Convention)
आयोजक: धादिङ नेपाली समाज अमेरिका (DNSA)
मिति: जुन १४, २०२६ (आइतबार)
समय: बिहान १०:०० बजे
स्थान: White Hall, 74-10 Broadway, Elmhurst, NY 11373



Your Premier Event Planning Partner Proudly Serving New York City And Surrounding Areas. Driven By Our Philosophy, “Your Event, Our Passion,” We Take Care Of Every Single Detail From Intimate Gatherings To Grand Milestone Celebrations So You Can Relax And Truly Enjoy Every Moment. Whether You Are Hosting A Birthday Party, A Milestone Golden Jubilee, An Awards Ceremony, A Public Program, Or A Specialized Nepali Cultural And Ritual Ceremony, Our Experienced Team Delivers Customized Solutions Tailored To Your Unique Vision. By Choosing GNN Events, You Gain A Dedicated Partner Committed To High-Quality Service, Creativity, And Cultural Care, All Delivered At Highly Affordable Pricing. Don’t Leave Your Special Moments To Chance; Contact Us Today At (929) 728-6278, Email Eventsgnn@Gmail.com, Or Visit Gnntvnews.com To Start Planning A Spectacular, Stress-Free Experience That Your Guests Will Talk About For Years To Come.