न्युयोर्कमा किरियापुत्री भवन तथा गुम्बा निर्माणार्थ भागवत कथा जारी

न्युयोर्क, मे १६ — किरियापुत्री भवन तथा गुम्बा निर्माण गर्ने पवित्र धार्मिक उद्देश्यका साथ न्युयोर्कको क्विन्सस्थित दिव्यधाम परिसरमा सञ्चालन भइरहेको श्रीमद्भागवत कथा वाचन कार्यक्रमको पहिलो दिन हिजो भव्य रूपमा सम्पन्न भएको छ।

सुप्रसिद्ध आध्यात्मिक प्रवाचिका देवी प्रतिभाजीद्वारा मे १५ बाट सुरु गरिएको उक्त धार्मिक कार्यक्रम मे १७ सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

हिजो पहिलो दिन बिहान कलश यात्रासहित कार्यक्रम विधिवत् रूपमा सुरु गरिएको थियो। त्यसपछि कथा प्रवचन तथा कीर्तन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरू, धर्मप्रेमी तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रम “हामी नेपाली इन्टरनेशनल” तथा “Revel Events” को संयुक्त आयोजनामा भइरहेको हो भने कार्यक्रम संयोजन “Well Done Creation” ले गरिरहेको आयोजकले जनाएको छ।

आज मे १६ तथा भोलि मे १७ का दिन दिउँसो २ बजेदेखि राति ९ बजेसम्म विशेष श्रिमद भागवतकथा प्रवचन सहित कीर्तन गरिने तथा भोलि मे १७ को सन्ध्याकालिन प्रवचन पस्चात कार्यक्रम समापन हुने आयोजक सस्था हामी नेपली इन्टर्नेसनलका महासचिब सुर्य सिम्खडाले जानकारी दिनुभयो।

कार्यक्रमको मुख्य उद्देश्य न्युयोर्क क्षेत्रमा रहेका बिशेस गरि नेपाली समुदाय तथा हिन्दु/बौद्ध धर्मावलम्बीहरुका लागि किरियापुत्री भवन तथा गुम्बा निर्माण गर्नु रहेको बताइएको छ। विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीहरूलाई पितृकार्य, धार्मिक संस्कार तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहज वातावरण उपलब्ध गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

विदेशमा साझा आवास वा सीमित स्थानका कारण धार्मिक संस्कार सम्पन्न गर्न कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै किरियापुत्री भवन निर्माणलाई अत्यन्तै महत्वपूर्ण सामाजिक तथा धार्मिक अभियानका रूपमा हेरिएको छ।

यसैबीच, GNN TV & News ले सम्पूर्ण नेपालीभाषी सनातन धर्मावलम्बी समुदायलाई कार्यक्रममा सहभागी भई तन, मन र धनले सकेको सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

“यस्ता धार्मिक तथा सामाजिक कार्यहरूले समुदायलाई जोड्ने मात्र होइन, आफ्नो संस्कृति, परम्परा र मूल्यलाई भावी पुस्तासम्म संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्,” आयोजकको भनाइ छ।

GNN समाचार कक्ष
Screensho

Leave a Reply

Your email address will not be published. Required fields are marked *