न्यूयोर्कमा साहित्यकार कमला प्रसाईँका तीन कृतिको विमोचन हुने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा साहित्यकार कमला प्रसाईँद्वारा लिखित तीन साहित्यिक कृतिको विशेष विमोचन कार्यक्रम आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रममा “चितामाथिको लाश” नाटकसंग्रह, “सिमाना” कवितासंग्रह तथा “हृदयभित्र” गीतसंग्रहको औपचारिक विमोचन गरिनेछ। नेपाली भाषा, साहित्य तथा सिर्जनशीलतालाई प्रवासमा पनि संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। साहित्यकार…